नमस्कार !
नेपालको प्रदेश नं. ५ मा स्थायी बसोबास भई हाल विदेशमा रोजगारी, व्यापार तथा पेशागत आयआर्जनमुखी काम गरिरहेका र
उक्त कामबाट सन् २०२० जनवरी १ पछि नेपाल फर्केका प्रदेशवासीलाई कोरोना भाइरस (कोभिड -१९)ले पारेको असरलाई प्रदेश
सरकारले गम्भीरतापूर्वक लिएको छ। त्यसैअनुसार, प्रदेश योजना आयोग, प्रदेश नं. ५ ले प्रदेश सूचना तथा संचार
प्रविधि प्रतिष्ठानको प्राविधिक सहयोगमा यो सर्वेक्षण गर्न लागेको छ। यो सर्वेक्षण ती लक्षित वर्गले मात्रै
भरिदिनुहुन अनुरोध छ। यो सर्वेक्षण तथ्याङ्क संकलनका लागि मात्र गरिएको हो र यो सर्वेक्षण प्रदेश सरकारको कुनै
किसिमको आश्वासन होइन।संकलित तथ्याङ्क प्रदेशका नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण प्रयोजनका लागि मात्र
प्रयोग गरिनेछ।
सर्वेक्षणको लागि ३ देखि ५ मिनेट जति समय लाग्नेछ। यो सर्भे कम्प्युटर तथा मोबाइलबाट भर्न सकिनेछ। पुनश्च : एक परिवारका १ जनाभन्दा बढी सदस्यहरु विदेशमा कार्यरत हुनुहुन्छ भने प्रत्येकले छुट्टाछुट्टै यो सर्भे भर्नुहोला। गोपनीयताको लागि व्यक्तिको नाम कतै उल्लेख गर्नु पर्ने छैन ।

के तपाइ माथि भनिए अनुसारको लक्षित वर्ग हो ?
जहाँ बसेको भएपनि कोभिड-१९ बाट सुरक्षित रहनुहोला ।